असोज ३० । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा बर्नार्डो सिल्भा र केभिन डी ब्रुएनले एक एक गोल गरे। खेलको १२ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ७१ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई २-० को जित दिलाए। जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ। सिटीले ८ खेलमा १७ अंक जोडेको छ। बर्नली ३ अंक जोडेर १९ औं स्थानमा रहेको छ।
Facebook Comments


























