मुम्बई, असोज ३० । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’ पछि अभिनेता अक्षय कुमार आनन्द एल रायको कलर यलो प्रोडक्सन र केप अफ गुड फिल्मस्सँग पुनः एकपटक सहकार्य गर्दैछन्। अक्षय र आनन्द भारतीय सेनाको गोरखा रेजिमेन्ट (पाँचौं गोर्खा राइफल्स) को एक महान अधिकारी मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित एक बायोपिक फिल्ममा सहकार्य गर्न लागेका हुन्।
यो फिल्मको नाम ‘गोरखा’ हुनेछ। जसको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पुरन सिंह चौहानले गर्दैछन्। भारत स्वतन्त्र भएको ७५ वर्षमा प्रवेश गरिरहेको मौका पारेर निर्माता तथा निर्देशकले वीरताको यो कथालाई अगाडि बढाउन चाहेका हुन्।
फिल्ममा अक्षयले सन् १९६२, १९६५ को युद्धमा र विशेष रुपले १९७१ को भारत पाकिस्तान युद्धमा लडाई लडेको एक युद्ध नायकको भूमिका निभाउनेछन्।
फिल्ममा अक्षयले छैटौं गोरखा राइफल्सको ग्रेट अफिसर मेजर जनरल इयान कार्डोजोको भूमिका निभाउनेछन्। बलिउड हंगामा


























