असोज २५ । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले शानदार जित निकालेको छ।
सोमबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३-० गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो डी पाउल र लाउटरो मार्टिनेजले एक एक गोल गरे।
जितसँगै १० खेलमा २२ अंक जोडेको अर्जेन्टिना अंक तालिकाको दोस्रो स्थानमा छ। उरुग्वे ११ खेलमा १६ अंकसहित चौथो स्थानमा छ।
Facebook Comments


























