काठमाडौं, असोज २३ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा अहिले चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।
टियु क्रिकेट मैदानमा चितवनले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। पोखराले सुरुवातमा ब्याटिङ गर्नेछ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो। र, दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ।
पहिलो पटक उपाधि उचाल्न दुबै टिम तयार रहेका छन्। त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ।
पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो। तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियसर्टलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो।
यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन्।


























