काठमाडौं, असोज २२ । युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी महेश्वर गहतराजले प्राप्त गरेका छन्। सत्ता गठबन्धन आबद्ध दल माओबादी केन्द्रको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गहतराजलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन्।
गहतराजले शुक्रबारनै पद तथा गोपनियताको शपथ लिएका छन्। माओवादीका केन्द्रिय नेता गहतराजले पहिलो पटक मन्त्रीको जिम्मेवारी प्राप्त गरेका हुन्।उनी बाँके क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद हुन्।
सुरुवातमा खेलकुद मन्त्रालय कांग्रेसको भागमा परेको थियो। अन्तिम समयमा प्रधानमन्त्री देउवाले माओवादीको भागमा परेको खानेपानी मन्त्रालय आफुले राख्न चाहेपछि गहतराजले खेलकुद मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका हुन्।
माओवादी स्थायी कमिटी बैठकले गहतराज सहित देबेन्द्र पौडेल र शशि श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको थियो। माओवादी जनयुद्ध कालका कमाण्डर नेता गहतराज पार्टीभित्र वैचारिक र शालिन नेताको रुपमा चिनिन्छन्।


























