असोज २२ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भारत श्रीलंकासँग बराबरीमा रोकिएको छ। मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेलेको हो।
भारतको यो लगातार दोस्रो बराबरी हो। यस बराबरीसँगै भारतले २ खेलमा २ अंक जोडेको छ। श्रीलंकाको यो पहिलो एक अंक हो। श्रीलंकाले ३ खेलमा १ अंक जोडेको छ।
भारत बराबरीमा रोकिँदा नेपाललाई भने फाईदा भएको छ। नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। नेपाल फाइनल नजिक रहेको छ।
Facebook Comments


























