चितवन, असोज २१ । विकसित हुदै गएको चितवनमा लक्षित गरेर नारायणगढमा लाईट हाउसले सेवा सुरु गरेको छ।
घरमा प्रयोग हुने विद्युतीय लाईटको अत्याधुनिक सोरुम ‘ लक्जरी लाईट्स ’ संचालनमा आएको छ। सो–रुमको उद्योग बाणिज्य संघ चितवनका अध्यक्षले उदघाटन गरेका हुन्। नेपाली ब्राण्ड ‘अर्किड ’ ले गुणस्तरीय लाईटहरु उपलब्ध गराउने जनाईएको छ। को लाईट हाउसले लायन्स चोकमा सेवा सुरु गरेको हो। कार्यक्रममा बोल्दै उवासंघ अध्यक्ष श्रेष्ठले युवा ब्यवसायीले चितवनमा नयाँ खालको ब्यवसाय आएको बताए।
घर तथा होटल , रिसोर्टमा प्रयोग हुनका लागी सुहाउँदो सामाग्रीको लागी परामर्श समेत दिईने संचालक सुवास कंडेलले बताए। चितवनका मान्छेलाई काठमाडौं जना नपर्ने गरी सोरुम संचालन गरेका हौ ’ उनले भने ‘ सामाग्री मात्रै होईन कस्तो लाइृटस सुहाउँछ त्यसको परामर्शको सेवा दिन्छौ । ’ घरमा प्रयोग हुने झुमर , आधुनिक लाईट्सको ब्यवसाय सुरु गरेका हुन्।

तीन जना युवा ब्यवसायी मिलेर सोरुम सुरु गरेका हुन्। विगत २८ वर्षदेखी विद्युतिय सामानको कारोवार गर्दै आएको टोलीले चितवनमा ब्यवसाय सुरु गरेको हो। ‘ घरमा हुने उज्यालोको लागी विशेषज्ञ परामर्श हुन्छ ’ संचालक मध्ये कमल कुंवरले भने ‘ चितवनमाकाठमाडौंको ब्यवसाय चितवनमा लक्षित गरेका हौ। ’ काठमाडौ जान जान पर्ने बाध्यता हटेको उनले बताए।


























