चितवन, असोज २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९११ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न असपतालहरुबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९६ दशमलब ६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २६४ जनाको पीसीआर परीक्षणमा ६६७ र ३ हजार ४०८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३८ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























