चितवन, असोज २१ । भरतपुर ४ लंकूूका रमेश गैरेले नारायणगढमा ए एण्ड ए ट्रेडर्स सञ्चालनमा ल्याएका छन्। बजारमा चल्ने फेसनअनुसारका चस्माको होलसेल बिक्री वितरणको लागि भरतपुर ४ स्थित कमलनगरमा उक्त ट्रेडर्स सञ्चालनमा ल्याइएको हो।
आफ्नै देशमा बसेर स्वरोजगार बन्ने प्रयासस्वरूप करिब १० लाख रुपैयाँ लगानीबाट व्यवसाय सञ्चालन गरेको उनले बताए। समय र बजारको मागअनुसार लगानी थप्दै लैजाने उनको भनाइ छ।
बजारमा युवाहरूको जमात पनि बढी हुने र फेसनअनुसारको चश्माको माग पनि बढेको हुँदा यसमा लगानी गरिएको उनले बताए। ‘अहिले सानो लगानीमा व्यवसाय सुुरू गरेको छु,’ उनले भने, ‘यसलाई बजारको मागअनुसार लगानी थप गर्ने योजना छ।’
हालको लागि चितवनसहित नवलपुर, मकवानपुर, धादिङ, गोरखा, तनहुँलगायतका छिमेकी जिल्लालक्षित गरी व्यवसाय थालेको उनले बताए।
Facebook Comments


























