धादिङ, असोज २१ । गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए। यातायात अवरुद्ध हुँदा दशैँका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ। यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ।
यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ। सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो। रासस
Facebook Comments


























