लसएञ्जल्स (न्यूजनेसनटीभी), असोज २१ । हलिउड स्टार टम क्रुज आगामी फिल्म ‘मिसन इम्पोसिबल ८’का लागि द्वितीय विश्वयुद्धको सैन्य विमान उडाउन सिकिरहेका छन्।
५९ वर्षे अभिनेतालाई यूकेमा क्याम्ब्रिजशायरको डक्सफोर्ड एयरफील्डमा १९४३ बोइङ स्टियरमेन मोडल ७५ उडाउदै गरेको देखिएको छ। फिल्ममा विमानलाई एक अन्य युद्धकालीन विमानको पिछा गरिरहेको देखाइनेछ।
टमले ‘मिसन इम्पोसिबल ८’का लागि एजेण्ट एथन हण्टका रुपमा आफ्नो काम सुरु गरिसकेका छन्। यो फिल्म सन् २०२३ मा रिलिज हुने भनिए पनि त्यो मितिमा रिलिजको सम्भावना न्युन रहेको सञ्चारमाध्यमले जनाएका छन्।
टमले यो वर्षको सुरुवातमै फिल्मको एक प्रमुख स्टण्टका लागि बोइङ स्टियरमेन बाइप्लेन उडाउन सिकेका छन्। यो फिल्मको छायांकन ‘मिसन इम्पोसिबल ७’को छायांकनका क्रममै भएको थियो। किनकी टमले आफूलाई कहिल्यै ब्रेक दिएनन्।
Facebook Comments
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









