असोज २० । काल्भिन फिलिप्सले विश्वकप छनोट खेल गुमाउने भएका छन्।
चोटका कारण फिलिप्सले विश्वकप छनोट गुमाउने भएका हुन्। फिलिप्सले शनिबार वाट्फोर्डविरुद्धको खेलमा चोट बोकेका थिए।
इंग्ल्यान्डले फिलिप्सको स्थानमा जेम्स वार्डलाई टिममा बोलाएको छ। विश्वकप छनोटमा इंग्ल्यान्डले आगामी हप्ता एन्डोरा र हंगेरीसँग खेल्दैछ। इंग्ल्यान्डले अक्टोबर ९ मा एन्डोरा र अक्टोबर १२ मा हंगेरीविरुद्ध खेल्नेछ।
Facebook Comments

























