काठमाडौं, असोज १९ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मंगलबार लिग चरणको अन्तिम खेल हुँदैछ।
टियु क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौं र भैरहवाबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंलाई यस खेल महत्वपूर्ण रहेको छ। प्ले अफ पुग्नका लागि काठमाडौंलाई जित बाहेक अन्य बिकल्प छैन।
काठमाडौं ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। यस खेलमा हार ब्यहोरेमा काठमाडौं बाहिरिनेछ। जित निकालेका चौंथो स्थानमा रहेर प्ले अफमा पुग्नेछ।
काठमाडौं हारेको खण्डमा ललितपुर प्याट्रीयट्सले प्ले अफमा स्थान बनाउनेछ। भैरहवा भने यस अघि नै प्ले अफ पुगिसकेको छ। भैरहवा ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। काठमाडौंलाई हराएर भैरहवा क्वालिफायरमा स्थान पक्का गर्न चाहन्छ।
शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन्। इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन्। क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।


























