असोज १६ । गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्तको स्वर रहेको ‘माछीले चलायो पानी’को भिडियो सार्वजनिक भएको छ। संगीतकार आलोकश्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले लेखेका हुन्।
भिडियोमा दीलिप रायमाझी र गरिमा शर्मा फिचर्ड छन्। गीतमा प्रेमीप्रेमिकाले एकअर्काको सम्झनामा व्यक्त गर्ने मनका भावना समेटिएको छ। गुञ्जन इन्टटेनमेन्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भरत रेग्मीको सम्पादन छ। भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन्।
भिडियो संगीतकार आलोकश्रीको आफ्नै युट्युव च्यानल आलोक श्रीबाट सार्वजनिक भएको छ।
Facebook Comments


























