काठमाडौं, असोज १५ । साविक विजेता एपीएफ क्लब छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो।
रोमान्चक बनेको खेलको पहिलो सेट एपीएफले २७-२५ ले जितेको थियो। दोस्रो र तेस्रो सेटमा आर्मीले २५-२१ र २७-२५ को जित निकाल्यो। चौंथो सेट एपीएफले २६-२४ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो।
त्यसपछि पाँचौ सेटमा १५-१३ को जित निकाल्दै एपीएफ फाइनल पुगेको हो। अब एपीएफले उपाधिका लागि न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ। न्यु डायमन्ड र पुलिसबीचको दोस्रो सेमिफाइनल खेल केहि समयपछि सुरु हुनेछ।
Facebook Comments


























