असोज १४ । रणवीर कपुर ‘शम्शेरा’ फिल्ममा डबल रोलमा देखिँदैछन्। उनले बाबु र छोरा दुबैको भूमिका निर्वाह गर्दैछन्। यसका लागि उनले मेकअपको साहारा लिँदैछन्। बाबु ‘शम्शेरा’ को भूमिकामा देखिँदा रणवीरको कपाल लामो हुनेछ। यसका लागि उनले नक्कली कपाल लगाउनेछन्।
त्यसैगरी, छोरा बल्लीको भूमिकामा उनले छोटो कपाल पाल्नेछन्। फिल्ममा अंग्रेजको अन्तर्गत काम गरेका भारतीय पुलिस अधिकारीहरुको आदिवासीमाथि गरेका अपराध र ज्यादती देखाइएको छ। रणवीरले यसमा हार्डकोर एक्सन गरेका छन्। उनको लुक्स चाँडै सार्वजनिक गर्ने तयारी गरिएको छ।
यस फिल्मका मुख्य एक्सन सिनहरु मुम्बईस्थित फिल्म सिटीमा सुट गरिएको छ। त्यसैगरी, लद्दाखमा १० दिनसम्म गीतको सुटिङ गरिएको छ। कमालिस्तान स्टुडियोमा फिल्मको क्लाइमेक्स सुट गरिएको छ। १८ औं शताब्दीमा प्रयोग भएका हतियारमार्फत मुख्य एक्सनहरू देखाइएको छ। एजेन्सी


























