असोज १४ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ। यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो।
बिहीबार बजार मापक परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ को बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ को बिन्दुमा झरेको छ।
बिहीबार १ बजेसम्म हरियाली देखिएको बजार त्यसपछि भने घटेर राताम्य भएको थियो। यसदिन १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहमा मात्र हरियाली आएको छ। ट्रेडिङ, अन्य र म्युचुअल फण्डमामात्र वृद्धि हुँदा अन्य १० वटा उपसमूहमा गिरावट आएको हो।
यसदिन २२५ कम्पनीका ७३,२१,०१४ कित्ता शेयर किनबेच हुँदा ३,७०,००,२९,५०७ रुपैयाँको कारोबार भएको छ।
Facebook Comments


























