असोज १३ । इक्वेडरको एक कारागारमा भएको झडपमा कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको छ। कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन्। त्यस क्रममा अरु ४२ जना घाइते भएका छन्।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो।कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। एजेन्सी
Facebook Comments


























