काठमाडौं, असोज १२ । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएका बजेट आश्रित दुईवटा विधेयक प्रमाणित गरेका छन्। आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ सापकोटाले मंगलबार प्रमाणीकरण गरेका छन्।
सभामुखले प्रमाणीकरण गरेका ती विधेयक राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइने संसद सचिवालयले जनाएको छ। राष्ट्रपतिबाट प्रमाणित भएपछि ती विधेयकले ऐनको रुप लिने छन् र कार्यान्वयनमा आउनेछन्।
तत्कालीन ओली सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट संशोधन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। यसअघि विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेको छ।
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










