काठमाडौं, असोज १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्ने भएका छन्।
आज अपराह्न ४ बजे नयाँ बानेश्वरमा छलफलको कार्यक्रम राखिएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए। सरकारबाट बाहिरिएपछि तथा पार्टी विभाजनपछि ओलीले पहिलोपटक सम्पादकहरुसँग छलफल गर्न लागेका हुन्।
असोज १५ देखि १७ गतेसम्म तय भएको विधान महाधिवेशन तथा विकसित राजनीतिक घटनाक्रममा ओलीले सम्पादकहरुसँग छलफल गर्न लागेको नेता भट्टराईले बताए।
Facebook Comments


























