काठमाडौं, असोज १२ । नेकपा (एमाले) को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ। असोज १५ देखि १७ गतेसम्म गोदावरीमा हुने विधान महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो।
मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठ र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचारप्रसार समिति संयोजक खिमलाल भट्टराईले महाधिवेशनस्थल पुगेर तयारीबारे जानकारी लिएका छन्।
महाधिवेशनसभा स्थलको तयारी पूरा गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक श्रेष्ठले बताए। उनले महाधिवेशनमा सहभागी हुने करिब पाँच हजार जनालाई सभाहलमा अट्ने गरी व्यवस्थापन गरिएको बताए।
‘सभामा दुई हजार ८४० कुर्ची भए पनि दायाँबायाँका खाली कोठामा थप एक हजारका दरले कुर्ची राखेर हामी व्यवस्थापन गर्छौं। त्यहाँ पनि नअट्ने माथि बार्दलीमा स्क्रिन राखेर भए पनि प्रतिनिधिलाई अटाउने व्यवस्था गर्दछौँ,’ उनले भने।
Facebook Comments


























