काठमाडौं, असोज ११ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेल स्थगित भएको छ।
टियु क्रिकेट मैदान भिजेको कारण खेल गराउन नसकिने भएपछि भैरहवा र चितवनबीचको खेल स्थगित गरिएको हो। आइतबार परेको वर्षाको कारण मैदान भिजेको थियो। सोमबार समेत वर्षा भएपछि अम्पायरले खेल स्थगित गरेको हो।
भैरहवा र चितवनबीचको खेल टस समेत नभई स्थगित भएको हो। दुई टोलिबीचको खेल दिउँसो साढे १ बजे सुरु हुने तालिका रहेको थियो। सोमबार नै तय भएको काठमाडौं किङ्स-११ र विराटनगर वारियर्सबीचको पहिलो खेल समेत स्थगित भएको थियो।
Facebook Comments


























