असोज ११ । आइतबार ६१ अंकले घटेको शेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ। सोमबार बिहान ११ बजे बजार खुलेपछि लगातार ओरालो लागेको नेप्से दिउँसो ३ बजे कारोबार बन्द हुँदा ७३.०५ अंकले घट्यो।
सोमबार बजार मापक परिसूचक नेप्से २६८५.४१ को बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ को बिन्दुमा पुगेको छ।
यसदिन २२७ कम्पनीका १,०७,४८,०६८ कित्ता शेयर किनबेच हुँदा ५,१२,०९,७३,०९६ रुपैयाँको कारोबार भएको छ। सोमबार १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ। सबैभन्दा धेरै फाइनान्स ४.५३ प्रतिशतले घटेको छ।
Facebook Comments


























