असोज, ११ । महाराष्ट्र सरकारले २२ अक्टोबरदेखि सिनेमाघर खुलाउने निर्णय गरेसँगै बलिउडका फिल्महरुले भट्टाभट रिलिज मिती घोषणा गरिरहेका छन्।
२०२२ को स्वतन्त्रता दिवसको अवसरमा फिल्महरु आदिपुरुष र रक्षा बन्धनको महासंग्राम हुने भएको छ। उक्तसमयमा अक्षय कुमारको रक्षा बन्धन र प्रभास–सैफ अली खानको आदिपुरुष भिड्ने भएका छन्।
आदिपुरुषको रिलिज डेटको घोषणा पहिले नै गरिसकेकोे थियो। अब यो फिल्म अर्को वर्ष ११ अगष्टमा सिनेमा घरमा प्रदर्शन गरिने भएको छ। आदिपुरुष बहुभाषी फिल्म हो, जुन हिन्दी, तेलगु, तमिल, मलयालम र कन्नड भाषामा पनि रिलिज हुने भएको छ। फिल्मको निर्देशन ओम राउतले गरेका छन्। फिल्ममा प्रभास राम, सैफ रावण, कृति सिता र सनीले लक्ष्मणको रोल निभाउदै छन्।
तरुण आदर्शको अनु्सार रक्षाबन्धन अर्को वर्ष ११ अगस्टमा प्रदर्शन हुने भएको छ। यो फिल्मलाई आनन्द एल रायले निर्देशन गरेका छन्। अक्षयको साथमा भुमि पेडनेकर फिमेल लीड रोलमा रहेकी छिन्। फिल्म पहिला ५ नोभेम्बर २०२१ मा रिलिज हुने घोषणा गरिएको थियो। एजेन्सी


























