काठमाडौं, असोज १० । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारिवर्सले चितवन टाइगर्सलाई १ सय ५२ रनको विजयी लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको हो।
विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै अनिल शाहले ३२ र सौरभ खनालले अविजित ३० रन बनाए। अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले २/२ विकेट लिए।
Facebook Comments


























