असोज ९ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको छ।
शारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नईले बैंगलोरलाई ६ विकेटले हराएको हो। बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ३८ रन जोड्दा अम्बाती रायाडुले ३२ रन जोडे। फाप डु प्लेसिसले ३१ रन जोड्दा मोइन अलीले २३ रन बनाए।
सुरेश रैना १७ रनमा अविजित रहदा कप्तान महेन्द्र सिंह धोनी ११ रनमा अविजित रहे। बैंगलोरका हर्सल पटेलले २ विकेट लिए। युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। बैंगलोरका लागि देवदत्त पडिकलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान विराट कोहलीले ५३ रनको अर्धशतकीय इनिङ्स खेले।
एबी डी भिलियर्सले १२ रन जोड्दा ग्लेन म्याक्सवेलले ११ रन बनाए। चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए। शार्दुल ठाकुरले २ तथा दिपक चाहरले १ विकेट लिए।
यस जितसँगै चेन्नईले ९ खेलमा १४ अंक जोडेको छ। र, चेन्नई शीर्ष स्थानमा उक्लिएको छ। बैंगलोर ९ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


























