असोज ८ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल आज नेपाल आईपुग्ने भएका छन्।
भैरहवा ग्ल्याडियटर्समा आबद्द ३२ वर्षीय इकबाल आज साँझ नेपाल आईपुग्ने छन्। इकबाल नेपाली समय अनुसार ७ बजेर ३५ मिनेटमा नेपाल आईपुग्ने छन्।
चौंथो संस्करणको ईपीएल भोलि शनिबारबाट सुरु हुँदैछ। भैरहवाको कप्तानी शरद भेषवाकरले गर्ने छन्।
Facebook Comments


























