चितवन, असोज ८ । पूर्वी चितवनको खैरहनी नगरपालिका -५ निवासी ३७ वर्षीया मृगौला पिडित सावित्री कुमारी चौधरीको लागि आर्थिक सहयोग संकलन अभियान शुरु भएको छ।
बिगत ६ महिनादेखि दुबै मृगौलाले काम गर्न छाडेपछि कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (सिएमसी) (पुरानो मेडिकल कलेज) चितवनमा उनको उपचार भइरहेको छ।
थारु कल्याणकारीणि सभा क्षेत्र नं.७ को समन्वयमा आर्थिक सहयोग संकलन अभियान शुरु गरिएको हो। सावित्रीको उपचार खर्चको लागि जितेन्द्र चौधरीको संयोजकत्वमा विरेन्द्र चौधरी र सिसम महतो गरी तीन सदस्यीय आर्थिक संकलन अभियान समिति गठन गरिएको छ।
सावित्रीको ज्यान बचाइदिन सम्पुर्ण संघ सस्था, बुद्धिजीवी, सहयोगी मनकारी र स्वदेश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुले सहयोग गरिदिन अनुरोध गरेका छन्। सहयोग गर्न चाहने महानुभावहरुले सावित्री कुमारी चौधरीको हिमालय बैंक लिमिटेडमा रहेको खाता नम्बर 00702177010019 मा सहयोग रकम जम्मा गर्न अनुरोध गरिएको छ।
खैरहनी नगरपालिका -५ फसेर्नीमा बस्ने सावित्रीको उपचारमा सबै पैसा, गरगहना सकिएपछि आर्थिक अभाबले बाँकी उपचारमा समस्या भएको उनका श्रीमान प्रमेश्वर चौधरीले बताए। दुबै मृगौला प्रत्यारोपण गर्नु पर्ने डाक्टरको सल्लाह छ तर नेपालमा आफ्नो मान्छे नभएकोले भारत जानू पर्ने भएकोले लगभग ४० देखि ५० लाख सम्म लाग्ने हुदा हामीसँग यति धेरै रकम छैन श्रीमान प्रमेश्वर चौधरीले भने। चौधरीले आफ्नो श्रीमतीको ज्यान बचाइदिन सबैसँग अनुरोध गरेका छन्।



























