असोज ८ । इटालियन सिरी ए फुटबलमा नापोलीले लगातार पाँचौं जित निकालेको छ।
बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४-० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो। नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरे। फाबियन र पिओटर जिलिनिस्कीले एक एक गोल गरे।
खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३९ औं मिनेटमा फाबियनले गोल गर्दै टिमको अग्रता २-० को बनाए।
५० औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए। त्यसपछि खेलको ५९ औं मिनेटमा जिलिनिस्कीले गोल गर्दै नापोलीलाई ४-० को जित दिलाए।
जितसँगै नापोलीले ५ खेलमा १५ अंक जोडेको छ। नापोली लिगको शीर्ष स्थानमा उक्लिएको छ। साम्पडोरिया ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ।
Facebook Comments


























