असोज ७ । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्।
ललितपुर प्याट्रीयट्सले बिहीबार ज्ञानेन्द्रले चौंथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको छ। ज्ञानेन्द्र ललितपुर प्याट्रीयट्सको कप्तान समेत रहेका थिए ।उनको कप्तानीमा ललितपुरले अघिल्लो संस्करणको उपाधि जितेको थियो। कप्तान ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउदै ईपीएल नखेल्ने बताएका छन्।
यस अघि पूर्व कप्तान पारस खड्काले ईपीएलबाट नाम फिर्ता लिएका थिए।
यस्तै नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी र बलर बसन्त रेग्मीले समेत ईपीएल खेल्ने छैनन्। चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ। उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स-११ विरुद्ध खेल्नेछ।
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










