काठमाडौं, असोज ७ । विधान महाधिवेशनको संघारमा रहेको नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। शुक्रबार र शनिबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिब शेरबहादुर तामाङले जानकारी दिएका छन्।
उनका अनुसार बैठकले विधान महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव पारित गर्नेछ। विधान महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनमा ३ हजार प्रतिनिधिले भाग लिनेछन्।
Facebook Comments


























