असोज ७ । एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि उज्वेकिस्तान गएको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बिहीबार स्वदेश फर्कदै छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम आज बिहान स्वदेश फर्कने जनाएको छ। नेपाल टिम बिहान सवा ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छन्।
छनोटको समूह एफको नेपाल समूह चरणबाट बाहिरिएको थियो। दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।
नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो। नेपाल पुछारमा रह्यो। पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो। यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
Facebook Comments


























