असोज ७ । आईपीएल टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ।
दुबइमा बुधबार राति भएको खेलमा दिल्लीले ले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो। हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोड्दा ऋषव पन्तले अविजित ३५ रन बनाए। शिखर धवन ४२ तथा पृथ्वी शले ११ रनमा आउट भए।यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो।
हैदरावादका अब्दुल समादले २८ तथा राशिद खानले २२ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। दिल्लीका कागिसो राबडाले ३ विकेट लिए। एन्रिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिए। जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ। हैदरावादले ८ खेलमा २ अंकसहित पुछारमा छ।


























