असोज ७ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९० पैसा र बिक्रीदर ११८ रुपैयाँ ५० पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ८८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























