असोज ३ । आज सेयर बजार बन्द रहनेछ। ‘संविधान दिवस तथा इन्द्रजात्राको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
सार्वजनिक बिदा परेको हुनाले आज (असोज ३ गते, आइतबार) सेयर बजार पनि बन्द हुने भएको हो। गत साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ विन्दुमा झरेको थियो।
सेन्सेटिभ परिसूचक पनि १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा झरेको थियो।
Facebook Comments


























