असोज ३ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु आज आइतबारबाट युएईमा सुरु हुँदैछ।
कोरोना भाईरसको कारण स्थगित आईपीएलको बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो। दुबईमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ। चेन्नई र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।
दुबै टिम जित निकाल्दै प्ले अफ होड कायम राख्न चाहन्छ। यस अघिको भेटमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो। चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ। मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
लिगको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स रहेको छ। दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ। आईपीएलमा अब ३१ खेलहरु बाँकी रहेको छ। फाइनल खेल अक्टोबर १५ मा हुनेछ।
Facebook Comments


























