भदौ ३० । बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै सबैभन्दा प्रभावशाली महिला घोषित भएकी छन्। बेलायतको गाला बिंगोले एसियाकै फिल्म तथा टेलिभिजन क्षेत्रबाट प्रभावशाली महिला घोषणा गरेको हो। उनलाई पछ्याउने फ्यानलाई आधार मानेर उक्त घोषणा गरिएको हो।
गाला बिंगोले दीपिकालाई पछ्याउने फ्यानसँगै गुगल सर्च र दीपिकाको नाममा प्रकाशित भएको समाचारलाई समेत आधार मानेर एक नम्बर मानेको हो। गला बिंगोले फिल्म, व्यापार, राजनीति र फेसन क्षेत्रका मान्छेलाई पनि यो सूचीमा समेटेको छ।
गला बिंगोले गरेको यो घोषणासँगै दीपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडलको बराबरीमा पुगेकी छन्।
Facebook Comments


























