भदौ ३० । रोमेलु लुकाकु चम्किएको खेलमा चेल्सीले च्याम्पियन्स लिगको यस सिजनको पहिलो खेलमा जित दर्ता गरेको छ।
मंगलबार राति चेल्सीले रुसी क्लब जेनिट सेन्ट पिटर्सबर्गलाई १–० ले हराएको हो। चेल्सीको जितमा एकमात्र गोल लुकाकुले गरे। उनले ६९ औं मिनेटमा सिजर अजपिलिकुएटाले उपलब्ध गराएको पासमा गोल गरेका थिए।
सिजरको क्रसमा लुकाकुले हेडमार्फत चेल्सीका लागि गोल गरेका थिए। लुकाकुले चेल्सीका लागि च्याम्पियन्स लिगमा पहिलो गोल गरेका हुन्। उनले चेल्सीका लागि पछिल्ला ४ खेलमा ४ गोल गरेका छन्।
लुकाकु कीर्तिमानी रकममा यसै सिजन चेल्सी आएका हुन्। इन्टर मिलानलाई कीर्तिमानी मुल्य तिरेर चेल्सीले लुकाकुलाई क्लबमा फर्काएको हो। साविक विजेता चेल्सीले जित सहित नयाँ सिजनको उपाधि रक्षाको अभियान सुरु गरेको छ। एजेन्सी
Facebook Comments


























