भदौ २९ । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड एडिन्सन काभानीले च्याम्पियन्स लिग अन्तर्गत योङ बोइजविरुद्धको खेल गुमाउने भएका छन्।
काभानीले पूर्ण रुपमा फिट नभएको कारण स्विस क्लबविरुद्धको खेल गुमाउने भएका हुन्। च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत युनाईटेडले आज मंगलबार राति योङविरुद्ध खेल्दैछ।
समूह एफको युनाईटेडले उसैको मैदानमा योङविरुद्ध खेल्नेछ। काभानी योङविरुद्ध खेल्ने टिममा छैनन्। तर, क्रिस्टियानो रोनाल्डोलाई टिममा राखिएको छ।मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले उनी चाडैं पूर्ण रुपमा फिट हुँदै टिममा फर्कने विश्वास व्यक्त गरेका छन्।
Facebook Comments


























