भदौ २७ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि श्रीलंकाले टिम घोषणा गरेको छ।
श्रीलंकाले दसुन शनकाको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो। श्रीलंकाले घोषणा गरेको टिममा कुशल मेन्डिस, दनुश्का गुनाथलिका र निरोशन डिक्वेला परेका छैनन्। उनीहरु अन्तराष्ट्रिय क्रिकेटमा एक वर्षको प्रतिबन्ध रहेका छन्।
युएई र ओमानमा आयोजना हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ। विश्वकपमा श्रीलंका पहिलो चरणको समूह ए मा रहेको छ। यस समूहमा आयरल्याण्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।
Facebook Comments


























