भदौ २७ । जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। लाइपजिगको मैदानमा रोबर्ट लेवान्डोस्कीले १२ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको ४७ औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै टिमको अग्रता २-० को बनाए। खेलको ५४ औं मिनेटमा लोरी सानेले गोल गर्दा बायर्नले ३-० को अग्रता बनायो।
५८ औं मिनेटमा कोर्नार्ड लिमेरले गोल गर्दै लाइपजिगलाई ३-१ को स्थितिमा ल्याए। तर, खेलको इन्जुरी समयमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई ४-१ को जित दिलाए।
जितसँगै बायर्नले ४ खेलमा १० अंक जोडेको छ। बायर्न दोस्रो स्थानमा रहेको छ। लाइपजिग ३ अंक जोडेर १३ औं स्थानमा रहेको छ।
Facebook Comments


























