भदौ २४ । उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन्। आज विशेषगरी हिन्दु महिलासहित अधिकांश नेपाली महिलाले परम्परागत मूल्य मान्यतासहित नाचगान गरेर तीज मनाउँदै छन्।
‘पानीसमेत नपिएर मनाउने परम्पराले तिजमा धेरै दिदीबहिनीको स्वास्थ्यमा असर गरेको तथ्यलाई हृदयङ्गम गर्दै आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न म दिदीबहिनीहरूलाई आग्रह गर्दछु,’ उपराष्ट्रपति पुनले शुभकामना सन्देशमा भनेका छन्।
साथै विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकोले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उनले आग्रह गरेका छन्।
Facebook Comments


























