चितवन, भदौ २३ । हरितालिका तीजको अवसर पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले देवघाटको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई बुधवार दर खुवाएको छ।
परिवारबाट अपहेलित भएर आश्रममा आएका वृद्धवृद्धालाई चाडपर्वको बेलामा एक्लोपन महसुस नहोस् भनेर दर खुवाउने कार्यक्रम गरिएको प्रेस चौतारी चितवनले जनाएको छ।
आश्रमममा ४० जना वृद्धवृद्धा आश्रित छन्। सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले अरु निकाय र संघसंसस्थाले पार्टी प्यालेस र होटलमा दर खुवाउने कार्यक्रमको लामो श्रृखला चलारहेका बेला देवघाटका वृद्धवृद्धालाई छोराछोरी जस्तैं बनेर सम्झिएर प्रेस चौतारी चितवनले दर खुवाउने कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गरे। उनले देवघाटको सरकारी आश्रमलाई बार्षिक नियमित पूँजीगत बजेटका लागि नीतिगत निर्णय गर्ने बताए।

कार्यक्रमका बिशिष्ट अतिथि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रि अधिकारीले सामाजिक उत्तरदायित्व र सेवा भावले ओतप्रोत भएर प्रेस चौतारी चितवनले आश्रममा रहेका बुबा आमालाई चाडपर्वको बेलामा सम्झिएर दर खुवाउने कार्यक्रम गरेको खुसी व्यक्त गरे।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा आश्रमका अध्यष धिरनबाबु घिमिरेले आश्रममा आश्रित बुवाआमालाई विहान बेलुका खाना खुवाउन दाताकै भरपर्नुपर्ने दुःखद अवस्था भएको बताउँदै प्रेस चौतारी चितवनले गरेको रचात्मक र सिर्जनशील कामका लागि धन्यवाद दिए।
प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सहसंयोजक शिशिर सिम्खडाले चाडपर्वका बेलामा आश्रमका बुवाआमालाई वितेको बेलाको याद बढि आउने भएकोले छोराछोरी बनेर सम्झना दिलाउन दर खुवाउने कार्यक्रम लिएर आश्रम आएको बताए।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल र शान्ता अधिकारीले दर खुवाउने दिनमा वुवा आमालाई सम्झेर पत्रकारहरुको संगठन प्रेस चौतारी आएको बताए।
दर खुवाउने कार्यक्रमलाई कालिका नगरपालिका वडा नं.६ भई हाल काठमाण्डौं बस्ने विकास बन्जरा र सविना बन्जराले छोरी साधना बञ्जराको प्रथम जन्मोत्सवका अवसर पारेर सहयोग गरेका थिए।



























