भदौ २२ । पाकिस्तान क्रिकेट टिमको मुख्य प्रशिक्षक मिस्बाह उल हकले पदबाट राजीनामा दिएका छन्। ४५ वर्षीय प्रशिक्षक मिस्बाहले सोमबार पदबाट राजीनामा दिएका हुन्।
यस्तै बलिङ प्रशिक्षक वकार युनिसले पनि राजीनामा दिएका छन्। मिस्बाह र वकार सन् २०१९ मा प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त भएका थिए।पाकिस्तानले मिस्बाह र वकारको स्थानमा साकलिन मुस्ताक र अब्दुल राज्जकलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ। एजेन्सी
Facebook Comments


























