काठमाडौं, भदौ १७ । मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सूचीकृत भएको छ।
कम्पनीको १२ लाख ५० हजार इकाई ऋणपत्र सूचीकृत भएको हो। अव यो ऋणपत्र आइतबार देखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन्। कम्पनीले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा २०८४/८५ सम्मका लागि निष्कासन गरेको ऋणपत्र सूचीकृत गराएको हो।
उक्त कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच बिहीवार सूचिकरण सम्झौता भएसँगै आगामी आइतवारदेखि उक्त ऋणपत्र कारोबारमा आउनेछ।
Facebook Comments


























