भदौ १७ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च गिरावट आएको छ। बिहीबार शेयर बजार मापक परिचूक नेप्से ५०.१३ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक २९२६.८६ को बिन्दुमा झरेको छ।
बिहीबार सेन्सेटिभ परिसूचक पनि ८.९ अंकले घटेर ५४१.७७ मा झरेको छ। विहीबार १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ। बिहीबार ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार १३ वटै उप समूहको शेयर मूल्य घटेको छ। यस दिन पहिलो पटक कारोबार भएको सानिमा लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर ३३९ रुपैयाँ पुगेको छ।
Facebook Comments


























