भदौ १३ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ। गत विहीबार २६ अंकले बढेर रोकिएको कारोबारमा आइतबार साताको पहिलो दिन उच्च गिरावट आयो। आइतबार नेप्से परिसूचक ३०४४.४६ अंकमा झरेको छ।
आइतबार कारोबार सुरु भएको केही समय बढेको नेप्से कारोबार बन्द हुँदासम्म लगातार घट्यो। आइतबार सेन्सेटिभ परिसूचक ८.५७ अंकले घटेको छ। यस्तै फ्लट ३.५४ ले घट्दा सेन्सेटिभ फ्लट पनि २.५४ ले घटेको छ।
आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन्। तर यसअघि कारोबार सुरु भएदेखि लगातार सकरात्मक सर्किट लाग्दै आएको जीवन लघुबित्तको शेयर आइतबार घटेको छ। विहीबार ५१९८ मा कारोबार रोकिएको जीवनको शेयर मूल्य आइतबार ५०७१ मा झरेको छ।
आइतबार १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ।
बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी गरेका छन्। सबैभन्दा धेरै कमाउने शिर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ। यो बैंकको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ। यस्तै खानीखोला जलविद्युतको शेयरमा पनि सकरात्मक सर्किट लागेको छ।


























