भदौ १३ । अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आतंककारी हमला हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबारसम्ममा काबुलमा फेरि अर्को आक्रमण हुनसक्ने जानकारी आएको बताएका हुन्।
बाइडेनले जारी गरेको विज्ञप्तिमा आउने २४ देखि ३६ घन्टासम्म आक्रमण हुन सक्ने प्रबल सम्भावना रहेको उल्लेख गरिएको छ। बाइडेन ग्राउन्डमा रहेका अमेरिकी नागरिकको सुरक्षा गर्न आफूले सेनाले निर्देशन दिएको पनि बताएका छन्।
लगत्तै अमेरिकाको स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ। गत बिहीबार काबुल विमानस्थलमा नै भएको आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो।
आक्रमणको जवाफमा अमेरिकाले इस्लामिक स्टेट–के (आइएस–के) लाई लक्षित गरि गरेको ड्रोन आक्रमणमा हमलाको योजनाकारसहित दुई जना मारिएको जनाएको छ।


























