कावासोती, भदौ १२ । अविरल परेको वर्षा पछि आएको बाढीले गैंडाकोट–१० को २३ स्मृति पुल नजिक डाईभर्सन बगाउँदा विहीबार रातीदेखि अवरुद्ध बुटवल नारायणघाट सडक खण्ड सन्चालनमा ल्याउन समस्या भएको छ।
बाटो अवरुद्ध भएको ३०/३१ घण्टा लगाएर बनाएको डाईभर्सनबाट सवारी साधन सहज रुपमा आवतजावत गर्न नसक्दा बाटो सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताए। डाईभर्सन मर्मत गरे पनि लगातार भएको वर्षाको कारणले डाईभर्सनमा नै गाडीहरु फसे पछि यातायात सुचारु गर्न नसकिएको सिंहले बताए।
बिहिबार राती ९ बजे देखि सडक अवरुद्ध भएपछि जंगलमा यातायात रोकिदा यात्रुहरुले सास्ती पाएका छन्। त्यस्तै पुर्व पश्चिम राजमार्गको दाउन्नेमा पहिरो खसेर अवरुद्ध सडक भने एकतर्फी सन्चालनमा आएको प्रहरीले जनाएको छ।
Facebook Comments


























