काठमाडौं, भदौ १२ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डबीच आज भेटवार्ता भएको छ।
सत्ता गठबन्धनका दुई शीर्ष नेताबीचको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै सरकार विस्तारका बारेमा छलफल भएको छ। दुई नेताबीचको छलफल बारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रचण्डकी छोरी गंगा दाहालले यथाशीघ्र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताएकी छन्।
Facebook Comments


























